नियम १५
मत गणना गर्नेको नियुक्ति
शेयरहोल्डरहरूले गुप्त मतदानको माग गरेमा मतहरूको गणना गर्ने र त्यसको प्रतिवेदन अध्यक्ष छेउ पेश गर्नको निमित्त २ जना मतगणना गर्ने व्यक्तिहरू नियुक्ति गर्नु पर्छ । मतदानको नतीजा निकाल्नु भन्दा अगाडि कुनै पनि बखत अध्यक्षले मत गणना गर्नेलाई सो पदबाट हटाउन पाउने र त्यसरी हटाएकोमा रिक्त स्थानको
पूर्ति गर्न पाउछ । तर मत गणना गर्न एकजना व्यक्ति साधारण सभामा उपस्थित शेयरहोल्डरहरू मध्ये कुनै एक शेयरहोल्डर (सञ्चालक नभएको) हुनेछ ।